काठमाडौँ । वन तथा वातवरणमन्त्री रामसहाय प्रसाद यादवले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता नेपालले कार्यान्वयन गरिरहेको बताएका छन् ।
ब्रसेल्समा आयोजित जलवायु परिवर्तन सम्बन्धी दोस्रो मन्त्री स्तरीय बैठकमा बोल्दै मन्त्री यादवले नेपालले जलवायु अनुुकुलनका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताएका छन् ।
उनले राष्ट्रिय जलवायु परिवर्तन नीति ल्याएर कार्यान्वयनमा गइसकेको बताए । राष्ट्रिय जलवायु योजना २०२१ ले निर्देशित गरेका कुराहरुलाई तीनै तहका सरकार, नागरिक समाज, नीजि क्षेत्रलाई जिम्मेवार बनाउने काम भइरहेको उनले बताए । कार्यान्वयन पश्चात् नेपालको आर्थिक सामाजिक विकास र परिवर्तनमा सहजता पैदा भइरहेको उनले जोड दिएका छन् ।