एएफपी/मस्को
रूसी सेनाले मस्कोको सैन्य नेतृत्व विरुद्ध विद्रोह गर्न रोक्न वाग्नर भाडाका सैनिकको सुरक्षाको ग्यारेन्टी गर्ने बताएको छ ।
सेनाले विज्ञप्तिमा उल्लेख गरेको छ “हामी पीएमसी वाग्नरको आक्रमण टोलीका लडाकुलाई अपील गर्दैछौँ । तपाईंलाई (वाग्नर प्रमुखको येभगेनी) प्रिगोजिनको आपराधिक उद्यम र सशस्त्र विद्रोहमा भाग लिएकोमा धोका दिइयो ।” सेनाले लडाकुलाई स्थायी तैनाथीका ठाउँहरूमा फर्कन मद्दत माग्न पनि आह्वान गरेको छ ।
“हामी तपाईंलाई कारण देखाउन र रूसको रक्षा मन्त्रालय वा कानून प्रवर्तनका प्रतिनिधिसँग सम्पर्कमा रहन आग्रह गर्दछौँ । हामी सबैको लागि सुरक्षाको ग्यारेन्टी गर्छौँ”, विज्ञप्तिमा भनिएको छ ।