वन पैदावारको अध्यक्षमा राजदेव यादव

काठमाडौँ । वन पैदावार विकास समितिको अध्यक्षमा राजदेव यादवलाई नियुक्त गर्न मन्त्रीपरिषदमा प्रश्ताव पेश भएको छ ।

वन तथा वातावरण मन्त्रालयले सागरनाथ र झापा लगायतको वन व्यवस्थापन गर्नका लागि समितिको अध्यक्षमा दुई वर्षका लागि यादवलाई नियुक्ति गर्ने प्रश्ताव मन्त्रीपरिषदमा पठाएको हो ।

वनस्पति विभागको महानिर्देशक पदबाट सेवानिवृत भएका यादव लामो समय बिभिन्न जिल्लामा जिल्ला वन अधिकृत भएर काम गरेका व्यक्ति हुन् । जागिर जीवनभरी सागरनाथ वन परियोजनामा दुई पटक काम गरिसकेका यादवले सागरनाथको समस्या हल गर्न सक्छन् भन्ने मान्यताका साथ उनको नाम सिफारिस गरिएको वन मन्त्री डा. वीरेन्द्र महतोको सचिवालयले जनाएको छ । विकास समितिले सर्लाहीको सागरनाथ वन विकास परियोजना र झापाको रतुमाई वृक्षारोपण परियोजनाको काम हेर्दै आएको छ ।

विद्यार्थी कालदेखि अनेरास्ववियुको राजनीति गरेका यादव सेवानिवृत भएपछि नेकपा एमाले नजिक रहेर काम गर्दै आएका थिए । यो पटकको प्रदेश सभाको चुनावमा प्रदेशसभामा एमालेले टिकट दिने तयारी गरिरहँदा यादव जनता समाजवादी पार्टीलाई सहयोग गर्न पुगेका थिए ।

लामो समय एमालेमा रहेर काम गरेका यादव उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने शर्तमा जसपामा प्रवेश गरेका थिए । उपनिर्वाचनमा जसपाका उपेन्द्र यादवलाई सहयोग गरेका राजदेवलाई जसपाले यसपटक सहयोग फर्काएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here