सरुवा १२ गते, चिठ्ठी १७ गते

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलको सरुवा कृषि मन्त्रालयमा र कृषि (पशुतर्फ) का सचिव डा. दीपककुमार खरालको सरुवा वन तथा वातावरण मन्त्रालयमा भएको छ । सोमवार दुबै सचिवले सरुवा भएको मन्त्रालयमा हाजिर लगाइसकेका छन् ।

मूख्यसचिवको कार्यालयबाट वन सचिव रेवतीरमण पौडेल र कृषि (पशु तर्फ) सचिव दिपक कुमार खरालको मोबाइलमा १७ गते आइतबार दिउसो म्यासेजको घण्टी बज्यो । म्यासेजमा तपाई मूख्यसचिवको कार्यालय आउनुहोला भनेर लेखिएको थियो । दुबै जना मूख्यसचिवको कार्यालय गए, काम के हो भन्दा दुबै जनाको सरुवा भएको रहेछ । दुबैले सरुवाको पत्र बुझे ।


सरुवाको पत्रमा मन्त्रिपरिषदको १२ भदौमा बसेको बैठकको निर्णय अनुसार सरुवा गरिएको उल्लेख गरिएको छ । १२ गतेको क्याबिनेटको निर्णय कार्यान्वयन हुन सिंहदरबारभित्रै किन एक हप्ता लाग्यो ? यही निर छ कुरोको चुरो ।


१३ गते बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको माडीसम्मको बाटो निर्माण योजनामा फलाइओभर र अण्डरपास तथा बरण्डभार करिडोरमा निर्माण गरिने फलाइओभरको सम्भाव्यता अध्ययनका लागि वन सचिव र भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई चितवन गई प्रतिवेदन पेश गर्न निर्देशन दिएका थिए । यदि सचिव पौडेलेको १२ गते नै सरुवा भइसकेकेको थियो भने किन १३ गते भौतिक पूर्वाधार मन्त्रालयका सचिवसँग उनलाई चितवन पठाइयो र प्रतिवेदन पेश गर्न भनियो । सरुवा भइसकेको सचिवलाई १६ गतेसम्म किन फिल्डमा खटाइयो ? त्यो काम नयाँ सरुवा भएर आएको सचिवलाई किन लगाइएन ?


सोही निर्देशन अनुसार सचिव पौडल शुक्रबार र शनिबार दिनभरी भरतपुरका नगरप्रमुख रेणु दाहाललाई लिएर फिल्डमा खटिइएका थिए । फिल्डबाटै उनले प्रधानमन्त्रीको सचिवालयलाई सबै रिपोटिङ समेत गरेका थिए, सो समयमा पनि उनको सरुवाको संकेत समेत दिइएको थिएन ।


आज १९ गते मंगलबार क्याबिनेट बस्दैछ । यदी १२ गतेको निर्णय हो भने किन वन सचिव पौडेललाई सरुवा भइसकेपछि पनि फिल्डमा खटाएर १७ गते मात्रै चिठ्ठी बुझन आउनका लागि फोन हैन, मोवाइलमा म्यासेज पठाइयो ? चितवनको प्रतिवेदन बुझाउन दिएर १९ गते बस्ने क्याबिनेटमा उनको सरुवा किन गरिएन र यति हतार किन गरियो ? १२ गते सरुवा भएको व्यक्तिलाई के कारणले १७ गतेसम्म निर्णय सुनाइन ? र चितवनको प्रतिवेदन बुझेर १९ गतेको क्याबिनेटले सरुवा गर्दा के फरक पथ्र्याे ? यो विषयभित्र वन सचिवको सरुवा रुमलिएको छ ।


२०८२ साल चैत १५ गते सेवानिवृत हुने खराल र आगामी बैसाख २८ गते सेवानिवृत हुने पौडेल आआफ्ना घरमा फर्केका छन् । पौडेलले वन मन्त्रालयमा सात महिना काम गरे ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here