कमजोर मुलुकलाई सहयोग गर्न राष्ट्र संघको आग्रह

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासचिव एन्टोनियो गुटेर्रेसले दक्षिण एसियाली मुलुकहरु विशेष गरी नेपाल, भारत, बंगलादेश, पाकिस्तान लगायतका देशहरुमा जलवायु परिवर्तनको असर अधिक पर्न थालेको बताएका छन् ।

संयुक्त राष्ट संघको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले उच्च हिमाली क्षेत्रका देशहरु बढ्दो तापक्रमले बढी प्रभावित हुन थालेको बताए ।


पाकिस्तानमा एक वर्षअघि आएको विनाशकारी बाढीबाट पीडित भएको पाकिस्तान अझै पनि जलवायु न्यायका लागि अग्निपरीक्षामै रहेको बताए । उनले भने, कार्वन उत्सर्जन घटाउने उपाय नगरी अब विश्व समुदायलाई सुखै छैन । उनका अनुसार कार्बन उत्सर्जनले विश्वलाई उन्नती भन्दा अवनति तर्फ धकेलिरहेको छ । यो कुरालाई सबै साना ठूला अर्थतन्त्र भएका मुलुकले समयमै बुझ्नु जरुरी छ ।


उनले ठूला अर्थतन्त्र भएका मुलुकलाई आग्रह गर्दै भने, जलवायु परिवर्तनको असरले आक्रान्त भएका मुलुक र त्यहाँका बासिन्दालाई सहयोग गर्नु आजको आवश्यकता हो । सो कामका लागि विगतमा गरिएको प्रतिवद्धता पूरा गर्न पनि उनले विकसित र ठूला अर्थतन्त्र भएका मुलुकलाई अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here