यो वर्ष २६६ पटक भारी वर्षा, प्राकृतिक विपदबाट २०७ जनाको निधन

काठमाडौँ । यो वर्ष २०८२ लागेपछि विपद्का घटनाबाट मुलुकले धेरै हानीनोक्सानी व्यहोरेको छ । गत वैशाखदेखि यही भदौ मध्यसम्ममा देशभर कुल तीन हजार दुई सय एकासी वटा विपद्का घटनाबाट दुई सय सात जनाको निधन भएको छ ।

सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परी हालसम्म २२ जना बेपत्ता भएका छन् भने ७७४ जना घाइते भएका छन् । ती घटनाहरुबाट पाँच हजार ९६३ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

यो अवधिमा दुई सय ६६ पटक भारी वर्षा भएको छ । भारी वर्षाका कारण छ जनाको ज्यान गएको छ भने १२ घाइते भएका छन् । भारी वर्षाका कारण सात यस ११ परिवार प्रभावित भएका छन् ।

यो अवधिमा सबैभन्दा बढी आगलागीको घटना भएका छन् । प्राधिकरणका अनुसार कुल एक हजार १९७ आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन हुँदा एक सय ६५ घाइते भएका छन् ।

बिभिन्न नदीनाला तथा खोलामा आएको बाढीका दुई सय ४३ घटना हुँदा २७ जनाको ज्यान गएको छ । ती घटनामा परी २२ बेपत्ता र १० घाइते भएका छन् ।

बाढीमा परेर एक हजार ७७८ परिवार प्रभावित भएका छन् । यो अवधिमा तीन सय ६८ ठाउँमा पहिरो गएको छ । पहिरोमा परेर १८ जनाको निधन भएको छ र ती घटनामा परी २८ जना घाइते भएका छन् । पहिरोका कारण चार सय ८१ परिवार प्रभावित भएका छन् ।

त्यसैगरी यो अवधिमा दुई सय ६६ पटक भारी वर्षा भएको छ । भारी वर्षाका कारण छ जनाको ज्यान गएको छ भने १२ घाइते भएका छन् । भारी वर्षाका कारण सात यस ११ परिवार प्रभावित भएका छन् ।

यो अवधिमा कुल दुई सय ५८ चट्याङका घटना हुँदा ३१ जनाको मृत्यु भएको छ । चट्याङमा परेर एक सय ९३ जना घाइते भएका छन् भने तीन सय १७ घरपरिवार प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here