हिउँ अझै पग्लेन, जनजीवन प्रभावित

पोखरा । केही दिन अघि परेको बाक्लो हिउँ नपग्लिदा माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ ।


जिल्लाको थासाङ, घरपझोङ र वारागुङ क्षेत्रमा बाक्लो हिउँ पर्दा स्थानीय बासिन्दाको दैनिक जीवनीमा असर परिरहेको छ । तीन दिन अघि परेको बाक्लो हिउँ अझै पग्लिइ सकेको छैन ।


हिउँ नपग्लिदा बेनी–जोमसोम सडकमा सबैजसो यातायातका साधन पनि चल्न सकेका छैनन् । यातायातका साधन नचल्दा यहाँको पर्यटन व्यवसाय पनि प्रभावित भएको होटल व्यवसायीहरुले बताएका छन् ।


जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कर्म घ्यचो गुरुङका अनुसार हिउँ बाक्लो परेकोले पग्लिन केही दिन अझै लाग्ने जस्तो देखिन्छ । निकै चिसोले यहाँको बासिन्दालाई निकै सताएको छ । हिउँ पर्दा उच्च हिमाली क्षेत्रको हिउँदे बालीलाई भने फाइदा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here