महेन्द्रनगर । बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यापर्यटन प्रवर्धन गर्न लागि परेका नेचर गाइडलाई प्रशिक्षण दिइएको छ ।
संरक्षण साझेदार संस्था जेडएसएल नेपालको आर्थिक सहयोगमा नेचर गाइडहरुलाई प्रशिक्षण दिइएको हो । प्रशिक्षण कार्यक्रममा प्रकृति पथप्रदर्शकहरुले नागरिक संवाददाताको काम गर्न सके स्थानीय तहमा पर्यापर्यटन प्रवर्धनमा सहयोग हुने बताइयो ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा देखिएका प्राकृतिक सम्पदासँग नजिक भएर काम गर्ने नेचर गाइडहरुले त्यहाँ देखिएका ऐतिहासिक तथा नयाँ तथ्य र घटनालाई तस्विर खिचेर, घटना विवरण सुनाएर थप पर्यटकलाई आकर्षित गर्नुपर्ने कुरामा प्रशिक्षण दिइयो ।
पर्यापर्यटन सम्बन्धी महत्वपूर्ण कुराहरुलाई सम्बन्धित निकाय र सरोकारवालाहरुलाई उपलब्ध गराएर नागरिक संवाददाताको भूमिका खेल्नु पर्ने बारे प्रशिक्षण दिइयो ।
सहभागी नेचर गाईडहरुलाई घटना अध्ययन र प्रतिवेदन लेखनको कला, शैली, भाषा, प्रस्तुती बारे पनि प्रशिक्षण दिइएको थियो ।
सो कार्यक्रममा निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र मात्र नभएर वरीपरीका अरु प्राकृतिक सम्पदा र सुन्दरताको जानकारी लिइ पर्यटन प्रवर्धन गर्न नागरिक संवाददाताको भूमिका निर्वाह गर्ने प्रतिवद्दता सहभागीहरुले गरे ।

































