प्रधानमन्त्री ओली स्वेदश फर्किए

विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी ओली स्वेदश फर्किएका छन् ।  स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीले  त्रिभुवन अन्तराष्ट्रिय विमनस्थलमा पत्रकार सम्मेलन गरेका छन् । विश्व आर्थिक  मञ्च बैठकमा नेपालको पछिल्लो राजनीतिक अवस्था एवम् विश्व अर्थराजनीतिबारे बहस भएको बताइएको छ। स्विट्जरल्यान्डको डावोसमा पुगेका प्रधानमन्त्री ओली दुई वटा औपचारिक सत्रमा सहभागी भएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै उनले विश्व आर्थिक मञ्चको ४९औं बैठकमा आफूले लोकतन्त्र, यसमा प्रेसको भूमिकाका बारेमा विश्व समुदायका व्यक्तिसँग कुरा राखेको बताए । डाबोसमा आफूले नेपालको वर्तमान राजनीति अवस्था, पर्यटनको सम्भवना, विदेशी लगानी, दिगो विकासका लागि नेपालले लिएको लक्ष्य बारे छलफल गरेको जानकारी गराए ।

साभार् अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here