घटेन नेपालमा भ्रष्टाचार

काठमाडौँ । संसारभर एकसाथ मंगलवार सार्वजनिक गरेको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवदेनमा नेपालमा भ्रष्टाचार झन बढेको देखाइएको छ ।
विश्वका कुल १८० वटा मुलुकमा भएका गतिविधि बारे सार्वजनिक गरिएको प्रतिवेदनले नेपालमा भ्रष्टाचारको जालो झन झांगिएको उल्लेख गरिएको छ । नेपालको स्थान १२४ औँ मा रहेको छ । भन्नुको अर्थ भ्रष्टाचार नहुने मुलुकका तह १ बाट सुरु हुन्छ । जति बढी भ्रष्टाचार हुन्छ, त्यति बढी स्थान उक्लिने हुन्छ । नेपालका विश्वभरका बढी भ्रष्टाचार मुलुकको सुचीमा १२४ औँ स्थानमा पुगेको छ । गत वर्ष पनि यही स्थान थियो ।
विशेष गरी नेपालमा नीतिगत रुपमा भ्रष्टाचार हुने प्रवृति देखिएको छ । व्यापार व्यवसायमा घूस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन तथा कारवाहीको नाउँमा रकम लेनदेन लगायतका कार्यले नेपालमा संस्थागत रुप लिएको प्रतिवेदनमा उल्लेख गरेको पाइएको छ ।
प्रतिवेदनमा डेनमार्क भ्रष्टाचार कम हुने हुने मुलुकमा १ स्थानमा रहेको छ भने सोमालिया विश्वकै सबैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा १८० औँ स्थानमा रहेको छ । नेपालका छिमेकी देश भूटान २५ औँ, भारत ७८ औँ, चिन ८७ औँ, श्रीलंका ८९ औँ, पाकिस्तान ११७ औँ स्थानमा रहेको छ । मालदिभ्स १२४ औँ, बंगलादेश १४९ औँ, अफगानिस्तान १७२ औँ स्थानमा रहेको छ । नेपाललाई सो संस्थाले सन् २००४ बाट समावेश गरी भ्रष्टाचारका गतिविधिलाई नजिकबाट नियालेर प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here