पूर्व प्रधानन्यायधीशको डा. केशीलाई समर्थन

काठमाडौँ । चिकित्सा क्षेत्रको सुधारका लागि लामो समयदेखि सत्याग्रहको सुरुवात गर्नुभएका डा. गोविन्द केशीको समर्थनमा पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठले समर्थन जनाउनुभएको छ ।
श्रेष्ठ त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज गई डा. केशीका माग आम नेपाली जनताका लागि भएकाले यसको समर्थनमा आफु पनि लड्ने बताउनुभएको छ । उहाँले केशीको समर्थनमा एक्येवद्धता समेत व्यक्त गर्नुभएको छ ।
अनसन स्थल भेट्न पुग्नुभएको पूर्व प्रधानन्यायधीश श्रेष्ठले चिकित्सा शिक्षा सुधारका लागि डा. केशीले उठाएका माग प्रति सरकार उदासिन हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ ।
यस अघि पूर्व प्रधानन्यायधीश सुशिला कार्की लगायतका नागारिक समाजले समर्थन गरिसक्नुभएको छ । पूर्व सभामुख दमननाथ ढुंगाना सहितको टोलीलाई लिएर कार्की डा. केशीले अनसन सुरु गर्नुभएको स्थल इलाम पुग्नुभएको थियो ।
पछिल्ला दिनमा डा. केशीका माग प्रति जनसमर्थन बढ्दै गइरहेको छ । केशीको समर्थनमा देशैभर प्रदर्शन हुने क्रम जारी रहेको छ भने डा. केशीले द्धन्द्धकालिन मुद्धाको कुरा पछिल्लो चरणमा उठाएपछि उहाँका बिरोधमा पनि आवाज सुनिन थालेका छन् । किन डा. केशीले द्धन्द्धकालिन मुद्धाको एजेण्डा उठाउनुभयो भन्ने चौतर्फी चर्चा पनि हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here