काठमाडौँ । पश्चिमी र स्थानीय वायुको प्रभावले शनिवार काठमाडौँ उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको छ । भोली आइतवार देखि मंगलबारसम्म मौसम बदली भई देशभर बिभिन्न स्थानमा पानी, हावाहुरी चल्ने अनुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलेका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारणले हावाहुरीसहित वर्षा भएको हो । सोमबारसम्म देशको अधिकांश स्थानको मौसम प्रभावित हुने मौसमविद् पोखरेलले बताउनुभयो ।
पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हावाहुरी र हल्कादेखि मध्यम वर्षा भएको बताइएको छ । उक्त प्रणाली क्रमशः विकसित भई आगामी सोमबारसम्म कायम रहने मौसमविद् पोखरेलले बताउनुभयो ।
काठमाडौँ उपत्यकामा आज दिउँसो केही बेर मौसम खुला भई घाम लाग्ने छ र अन्य स्थानमा भने तत्काल मौसम सफा हुने अवस्था नरहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
चैत्र २३ गते (शनिबार):
राति देशको अधिकांस भूभागहरुमा सामान्यतया देखि पूर्ण बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू(भागका केहि स्थानहरुमा र पश्चिमी भु(भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ र हुरी बतासका सहित वर्षाको संभावना रहेको छ। उच्च हिमाली भू(भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ।
चैत्र २४ गते (आइतबार):
दिउँसोः देशभरका धेरैजसो भू(भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू(भागका थोरै स्थानमा, पश्चिमी भु(भागका १(२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।
राति: देशको पूर्वी क्षेत्रको अधिकांस भूभागहरुमा सामान्य बदली तथा मध्य र पश्चिमी क्षेत्रको भू(भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । देशको पुर्वी भू(भागका थोरै स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। पश्चिम र मध्य तराइका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ ।
चैत्र २५ गते (सोमबार):
दिउँसोः देशभरका धेरैजसो भू(भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पूर्वि भू(भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका १(२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।
राति: देशभरका धेरैजसो भू(भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू(भागका केहि स्थानमा र पश्चिमी पहाडी भू(भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ।