इस्लामावाद । विश्वको तापक्रम बढ्दै गएर नयाँ रेकर्ड कायम हुने क्रम चलिरहेको छ । पछिल्लो समयमा विश्वभरी नै तापक्रम बढ्ने, पानी नपर्ने लगायतका घटना सार्वजनिक भइरहेका छन् ।
यो हप्ता पाकिस्तानमा गर्मी बढ्ने दर निकै देखिन थालेको छ । पाकिस्तानमा गर्मी बढेर ५२ डिग्री सेल्सियसमाथि पुगेको छ । दक्षिणी प्रान्त सिन्धमा हिजो सोमबार तापक्रम ५२ डिग्रीभन्दा माथि उक्लिएको रेकर्ड गरिएको छ ।
जलवायु परिवर्तन र विश्वव्यापी तापमान वृद्धिबिच पछिल्लो समय एसियाभर नै गर्मी निकै बढीरहेको छ । यसअघि सन् २०१७ मा पाकिस्तानको दक्षिणपश्चिम प्रान्त बलोचिस्तानको तर्बत सहरमा तापमान ५४ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।
पाकिस्तानमा सोमवार गरिएको यो रेकर्ड एसियाली मुलुकमा अहिलेसम्मकै दोस्रो उच्च तापक्रम मानिएको छ भने विश्वको चौथो उच्च तापक्रम मानिएको छ ।