जुम्ला । जुम्लाको लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हुन थालेको छ ।
नजिकिँदै गएको नयाँ वर्षमा गाउँलाई झिलिमिलि पार्ने योजना भएपनि वैशाखभित्र जलविद्युत्को कार्य सम्पन्न गर्न सकिने भएको छ । सो आयोजनालाई गत आर्थिक वर्ष २०७१/७२ बाट विद्युत्को निर्माण शुरु गरिएको हो ।
रकम अभावगले निर्माणमा केही असहजता आएको हो । आगामी वैशाखभित्र पूर्णता पाउने साना लद्युजलविद्युत् विउरेनी उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बुढाले बताउनुभयो । यो आयोजनाबाट बिजुली र सिँचाईको सुविधा स्थानीयले लिन सक्ने भएका छन् ।
तत्कालीन डिल्लीचौर गाउँ विकास समितिबाट २० लाख, सांसद विकास कोषबाट रु ३० लाख, पातारासी गाउँपालिकाबाट ७५ लाख बजेट गरी एक करोड ४० लाख रुपियाँमा सो आयोजना निर्माण भइरहेको छ ।
सो आयोजनाले एक हजार घरपरिवारलाई उज्यालो दिने भएको छ भने पाँच हजार रोपनी जग्गामा सिँचाई सुविधान पुग्ने बताइएको छ ।