जडिबुटी खेती गर्न मन्त्री बस्नेतको आग्रह

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा रहेका बहुमूल्य जडिबुटीको खेती विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

वनस्पति विभागको ५९औँ वार्षिकोत्सव तथा २०औँ वनस्पति दिवसको अवसरमा शुक्रवार मन्त्री बस्नेतले प्राकृतिक स्रोतको सदुपयोग आवश्यक भएको र त्यसका लागि सरकारले कार्ययोजना निर्माण गरिरहेको बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले किसानलाई जडिबुटी खेती प्रति आकर्षित गर्न सके स्थानीय बासिन्दाको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने धारणा राख्नुभयो ।

विभागका महानिर्देशक सञ्जिवकुमार राईले जडिबुटीको खेती विस्तारका लागि नयाँ प्रविधि आवश्यक भएको बिचार व्यक्त गर्नुभयो । विभागका उपमहानिर्देशक मोहनदेव जोशीका अनुसार नेपालमा खेती विस्तार गर्न सकिने प्रशस्त जडिबुटी भएपनि किसानलाई खेती बिस्तारका लागि आकर्षित गर्न कार्यविधि बनेको छ।

डा. राजभण्डारीलाई वनस्पति पुरस्कार

यस वर्षको राष्ट्रिय वनस्पति पुरस्कार त्रिभुवन विश्वविद्यालय वनस्पति विभागका प्रा.डा सङ्गिता राजभण्डारीलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here