अब सिँधै पोखरामा बोइङ र एअरबस ओर्लने ( पछिल्लो अपडेट सहित)

पोखरा । पोखरा विमानस्थल निर्माण भएपछि सिँधै अन्तराष्ट्रिय उडान पोखरामा अवतरण गर्न सक्ने भएका छन् ।

निर्माणको चरणमा रहेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलमा झण्डै २०० जना यात्रु बोक्न सक्ने बोइङ र एअरबस सहजै अवतरण गर्न सक्ने भएका छन् । अब युरोप, अमेरिकाबाट समेत पर्यटकहरु सिँधै पोखरा आउन सक्ने भएकाले नेपालका पर्यटन व्यवसायले ठूलो फड्को मार्ने देखिएको छ ।

झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा यो विमानस्थल निर्माण भइरहेको छ। पोखरा महानगरपालिका वडा नम्बर १४ मा पर्ने जमिनमा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम गरिरहेको छ।

अन्तर्राष्ट्रिय उड्डयन संस्था ९आइकाओ० को मादण्ड अनुसार फोर डी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्ने भएका छन् । दुई हजार पाँच सय सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता कम्तिमा १९२ देखि २२० सम्म हुनेछन् ।

राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सकिएको छ। विमानस्थलको महत्वपूर्ण रनवेको काम सकिएसँगै विमानस्थलको निर्माण तोकिएको समय भन्दा ६ महिना अघि नै सकिने गरि सम्भावना बढेर गएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका इन्जिनियर कृष्ण पौडेलका अनुसार अहिले विमानस्थलको टर्मिनल भवन, एप्रोन ९यात्रु जहाजमा चड्ने र ओलेने स्थान०, ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, लगायतका काम तीब्र गतिमा भइरहेको छ ।

आयोजनाको काममा हाल चिनियाँ २०० जना र नेपाली २५० जना गरि ४५० जनाले काम गरीरहेका छन् । सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भए पनि तोकिएको समयसीमा भन्दा ६ महिना अघि नै सक्ने गरी काम युद्धस्तरमा भइरहेको पनि चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईका जनसम्पर्क अधिकारी कृष्ण चापागाईले जानकारी दिएका छन्।

सन् २०१७ को नोभेम्बर महिनादेखि विमानस्थलको निर्माण सुरु भएको हो। यो विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्वायर मिटरमा बन्ने छ भने ८ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्यार मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्यार मिटरको टर्मिनल भवन निर्माण हुन लागेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here