वायुसेवा निगमको वाइडबडीले उद्धार गर्ने

काठमाडौँ — लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका अस्ट्रेलियाली पर्यटकलाई नेपाल वायुसेवा निगमको वाइडबडी विमानले उद्धार गर्ने भएको छ ।

निगम स्रोतका अनुसार आउने बुधबार वाइडबडी विमान अस्ट्रेलियाली नागरिक बोकेर सिड्‌नी उड्ने पक्कापक्की भएको छ। दूतावाससँग लिखित सम्झौता एकरदुई दिनमा हुनेछ।स्रोतका अनुसार निगम अघि दूतावासले कतार एयरवेजको विमानबाट उद्धार गर्न छलफल गरेको थियो। तर, अन्तिमसमयमा कतारसँग कुरा नमिलेपछि निगमको वाइडबडी लिने पक्कापक्की भएको हो।निगमसँग २७४ सिट क्षमताका दुईटा एयरबसका ३३० वाइडबडी विमान छन्।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here