श्री एयरलायन्सको जहाज सुडानका लागि उड्यो

काठमाडौँ । श्री एयरलायन्सको जहाज शनिबार बिहान सुडानका लागि उडेको छ । हृदयघातबाट मृत्यु भएका नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) रिदेश बिष्टको शव लिन उडेको हो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, यो चार्टर उडानको खर्च संयुक्त राष्ट्र संघले बेहोर्ने छ । संयुक्त राष्ट्रसंघको सुडान मिसनमा स्टाफ अफिसरकारुपमा खटिएका बिष्टको शव आइतबार दिउँसो काठमाडौं ल्याइने छ ।

परराष्ट्र मन्त्रालयले ओभर फ्लाइङ रुट अनुमति लिइदिएपछि नेपाली सेनाले निजी वायुयान कम्पनी श्रीको सीआरजे बमबार्डियर विमानलाई चार्टर गरेर पठाएको हो ।

काठमाडौंबाट बिहान उडेको यो विमान मस्कटमा इन्धन भर्न टेक्निकल ल्याण्डिङ गर्दै सुडानस्थित खारथुम अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । फर्किँदा पनि मस्कटमा अवतरण गरेर भोलि दिउँसो मात्रै काठमाडौं फर्किने छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार यूएनको सुडान मिसनमा खटिएका प्रमुख सेनानी रिदेश विष्टको चैत १७ गते हृदयघातका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here