‘फानी’ नेपालमा नआउने

काठमाडौं । समुद्री आँधी चक्रवात ‘फानी’ नेपालमा नआउने भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ। चक्रवात ‘फानी’ हाल बंगालको खाडी र ओडिसाको तटीय क्षेत्र नजिकै अवस्थित छ । शुक्रबारबाट यो प्रणाली भारतको ओड़ीसाको तटीय क्षेत्रमा भित्रिने छ। भित्रिएपश्चात् यो प्रणाली फेरी उत्तर पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ।

उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि यसको प्रभाव भने देखिने छ। शुक्रबार र शनिबार मौसम प्रभावित भइ पूर्वी र मध्यका स्थानमा मेघ गर्जन र चट्टयाङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने तथा एक दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ।

हिमाली भू भागमा पनि मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको र देशको पश्चिमी क्षेत्रमा शुक्रबार पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हिमाली भू भागमा पनि हिमपातको सम्भावना रहेको छ। आइतबारदेखि भने देशभर मौसममा क्रमिकरुपमा सुधार आउने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here