बर्खा नलाग्दै सडक भत्कायो बाढीले

बेनी । दुई दिन देखि लगातार भएको बर्षाका कारण कालीगण्डकी नदीमा बाढी आउँदा कालिगण्डकी करीडोरको बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

नदीमा पानीको सतह बढेसँगै अन्नपूर्ण गाउँपालिका– २ भुरुङ क्षेत्रको सडक बगाएको छ भने सडक मर्मत सम्भारका लागि राखिएका उपकरण समेत बगाएर लगेको छ ।

बर्खा नलाग्दै आएको बाढीले सडक किनारमा पक्की पर्खाल निर्माण मात्र नभई पक्की सडक भत्काएपछि आवत जावतमा कठिनाई भइरहेको छ ।

स्थानीय बासिन्दा महेन्द्र शेरचनले बर्खा नलाग्दै सडक भत्किएपछि आवगमनमा मात्र नभई सामान ढुवानीमा समेत अप्ठ्यारो हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here