वन मन्त्रालय र विश्व वन्यजन्तु कोषबीच सम्झौता

काठमाडौँ । नेपालको जलवायु कार्य प्रयासलाई थप व्यवस्थित गर्न वन तथा वातावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष (डब्लुुडब्लुएफ) बीच सम्झौतामा हस्ताक्षर भएको छ ।

मन्त्रालयमा भएको सम्झौता अनुसार जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता अन्तर्गत बृहत् पारदर्शिता ढाँचा (इटिएप)को आवश्यकताहरू पूरा गर्न नेपालको राष्ट्रिय क्षमता निर्माण गर्ने उद्देश्य राखिएको छ ।

मन्त्रायका प्रवक्ता बद्रीराज ढुंगानाका अनुसार सो सम्झौताअन्तर्गतका परियोजना जलवायुका क्षेत्रको नेपालको राष्ट्रिय प्रतिबद्धतामा भएको प्रगतिको प्रतिवेदन तयार गर्ने र मन्त्रालयको क्षमतालाई सुदृढ गर्न केन्द्रित हुनेछ । जुन विश्वव्यापी जलवायु कार्यको लागि महत्त्वपूर्ण प्रतिबद्धता हो ।

यो परियोजनाले कृषि, वन, ऊर्जा, उद्योग र फोहोरजस्ता क्षेत्रहरूमा हरितगृह ग्याँस उत्सर्जनको निगरानी गर्नका लागि संस्थागत गर्न योगदान गर्ने ढुंगानाले बताए ।

मन्त्रालयसँग भएको सम्झौताअन्तर्गत तीन वर्षे अवधिमा २ दशमलव ८४ मिलियन अमेरिकी डलर खर्च गरिने योजना रहेको छ । डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा.घनश्याम गुरुङ र मन्त्रालयका योजना महाशाखाा प्रमुख ढुंगानाबीच सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here