काबुल ।अफगानिस्तानको दुईवटा छुट्टाछुट्टै प्रान्तमा भएको सैन्य कारवाहीका परी हक्कानी नेटवर्कको १४ जना लडाकू मारिएका अफगान विशेष सैन्यबलका कमाण्डरले जानकारी दिनुभएको छ ।
अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षाबलले घाज्नी र पाक्टिका प्रान्तमा मङ्गलबार सबेरै गरेको कारवाहीमा परी सो नेटवर्क १४ जना लडाकू मारिएका जारी विज्ञप्तिमा जनाइएको छ ।
हक्कानी नेटवर्क पनि तालिबान लडाकू सञ्जालको नै एक समूह हो । जारी विज्ञप्तिका अनुसार यस नेटवर्कका एक प्रान्तीय कमाण्डरसहित १० सदस्य पक्राउ परेका छन् ।
यस कारवाहीको क्रममा विशेष सुरक्षा बलले हातहतियार र गोला बारुदसमेत बरामद गरेको बताइएको छ । यस कारवाहीको हक्कानी नेटवर्क लडाकू समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।