धनगढी । बिहीबार दिनभरी प्रचण्ड गर्मी । छिटछिट पसिना बगेर जनजीवन निकै निकै प्रभावित भइरह्यो । आकाश हेर्दा बादल पनि देखिदैनथ्यो । सदा झै साँझ सूर्य पश्चिम महाकाली किनारामा अस्ताउन थाल्दै थियो ।
कैलाली र कञ्चनपुरको चराचरले केही शितलको महसुस गर्न नपाउँदै राक्षस मडारिएर आयो । राक्षस रुपी हावा हुरी यति जोरको आयो कि, घरको टिनको छाना पनि उडाउन थाल्यो । घरका पर्खाल पनि ढले । एक जना बटुवा पर्खालमा च्यापिएर परलोक गए । हावा हुरीले उडाएर ल्याएका बस्तुले ओत लागेको सयौं व्यक्तिलाई हिर्कायो । अनाहकमा घाइते भए र अस्पतालको शैयामा छटपटिइरहेको अवस्थामा छन ।
साँझपख घरबाट बाहिर निस्केको कारणले एक दर्जन भन्दा बढी व्यक्ति गम्भीर घाइते हुन पुगे । ती व्यक्तिहरुको उपचार अहिले भारतकाके बरेली, लखनऊमा भइरहेको छ । चियाँ खान निस्केको व्यक्ति अस्पतालमा भेटिन थालेका छन् । तरकारी बोकेर घर फर्कदै गरेको व्यक्तिको हात खुट्टा भाँचिएका छन् ।
बैँकको ऋण लिएर कमाउन थालेका साना साना उद्योगी व्यवसायको छाना उडाइदिएको छ । गाडी चलाएर छोरा छोरीको पढाई खर्च जुटाउनेको गाडी रुख ढलेर सपना चकनाचुर भएका छन् ।
हावा हुरीको बितण्डा र आतंकित जनजीवनको फोटो फिचर
































फोटो: राजेश भाट, मदन भट्ट र तिर्थ ओझा



























