छोरामाथि चक्कु प्रहार गर्ने बुवा पक्राउ

विदुर । नुवाकोटको विदुर नगरपालिका–२ स्थित बट्टारमा आफ्नै छोरालाई चक्कु प्रहार गरी ज्यान लिन खोज्ने पिता पक्राउ परेका छन् ।

आज बिहान १० बजेको समयमा सोही ठाउँका ५० वर्षीय इद्री मियाले २७ वर्षीय छोरा समिर खानलाई सामान्य घरायसी विवादका कारण चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते समिरलाई इद्रीले शरीरमा पेट्रोल छर्की पेटमा चक्कु प्रहार गरी दाहिने हात र दाहिने पेटमा चक्कु प्रहार गरी घाइते बनाएको थियो । घाइते समिरलाई स्थानीय मेडिकलमा उपचार गरी थप उपचारका लागि काठमाडौँ ग्राण्डी अस्पताल पठाइएको प्रहरीले जनाएकोे छ ।

चक्कु प्रहार गर्ने इद्रीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here