लकडाउनमा चितुवाले खायो २८ भेडा, १२ पशु

बाजुरा । लकडाउनका समयमा मानिस घरबाहिर ननिस्केको बेला सुदूरपश्चिमको बाजुरा जिल्लामा २८ भेडा र १२ पशु मारेर खाएको छ ।

एक हप्ताको अवधिमा बाजुरा जिल्लाको गौमुल गाउँपालिकाका बिभिन्न गाउँ बस्तीका गोठमा पसेर बाघले भेडा र गाई गोरु चिथोरेर खाएको छ ।

दिउँसो गाउँवस्तीको जंगल बस्ने र राती गाउँघरमा पस्ने चितुवाले चार परिवारका २८ वटा भेडा र १२ वटा पशु मारेर खाएको स्थानीय भीमलाल रोकायाले बताएका छन् ।

राती गोठ फुटाएर भेडा, गाइवस्तु खान खालेपछि स्थानीय रातभर जाग्राम बस्न थालेको अर्का स्थानीय रमेश धामीले बताए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here