धनगढी । लकडाउनको समयमा एक जना जनप्रतिनिधिको सवार गाडीमा अवैध हतियार फेला परेको छ ।
लकडाउनका बेला सर्वसाधारणले घरबाट बाहिर निस्कने बन्देज लगाइएका बेला जनप्रतिनिधि सवार गाडीमा अवैध हतियार फेला परेको यो नेपालकै पहिलो घटना भएको प्रहरीले दावी गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीबाट खटिएको घुमावा टोलीले दुई थान अवैध बन्दुक सहित कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनेर चिनिने रविन्द्र शाहीको गाडी नियन्त्रणमा लिएको जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक बिरबहादुर साहुका अनुसार उनी सवार सवारी साधन, बन्दुक लगायतका अन्य शंकास्पद सामग्री नियन्त्रणमा लिएको छ ।