मोदीको बर्थ डे गान्धीनगरमा

गान्धीनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ६९ औँ जन्मदिनका अवसरमा आशिर्वाद ग्रहण गर्न आज गान्धीनगर पुग्नुभएको छ ।

आफ्नो विशेष दिनका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नी आमा हिराबेन मोदीबाट आशिर्वाद लिनुभएको थियो । उहाँले बूढी आमासँगै बसेर गुजुराती थालीमा भोजनसमेत गरेको तस्वीर भारतीय सञ्चारमाध्यमहरूले छापेका छन् ।

भारतीय जनता पार्टीले निर्वाचनमा पाएको अपार सफलतापछि दोस्रोपटक प्रधानमन्त्री बन्नुभन्दा पहिले यसै बर्ष उहाँले आफ्नी आमालाई दर्शन गरी आशिर्वाद लिनुभएको थियो । उक्त दिन उहाँ गुजरात नै बस्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here