कोरोना उपचार नगर्ने चिकित्सकलाई कारवाही

काठमाडौँ । कोरोना लगायतका उपचारमा असहयोग गर्ने चिकित्सकलाई कारवाही गरिने चेतावनी सरकारले दिएको छ ।

मुलुकमा लकडाउन भइरहेका बेला कोरोना लगायतका सामान्य बिराममा समेत अवरोध गरेको घटना सार्वजनिक हुन थालेपछि सरकारले चिकित्सक, स्टाफ नर्स लगायतका अन्य प्राविधिक कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने योजना सरकारले बनाएको छ ।

निजी क्षेत्रका अस्पातालमा उपचार नगराएको, सरकारी अस्पतालमा समेत उपचार नपाएर बिरामी मर्न अवस्था आएको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेका बेला उपचारमा संलग्न नहुने चिकित्सकको लाइसेन्स खोस्ने सम्मको र अन्य स्वास्थ्यकर्मीलाई पनि कानून बमोजिम कारवाही गरिने स्वास्थ्य मन्त्रालयका स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here