दाङमा लागलागी, छ घर नष्ट

देउखुरी । दाङको लमहीमा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन् ।

लमही नगरपालिका वडा नम्बर ६ राप्ती टोल विकास संस्था (ढिकपुर) मा विद्युत्को तार सट हुँदा छ वटा घरमा पूर्ण रुपमा क्षति भएको छ ।

आगलागी भएपछि लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, शसस्त्र प्रहरी, नेपाली सेना, स्थानियको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । आगलागीबाट कम्तिमा २० लाख भन्दा बढीको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here