बर्दियामा छोरी जन्माइन् शिवकलीले

ठाकुरद्धारा । २०४६ सालमा जन्मिएकी शिवकली हात्तीले पाँचौँ बच्चा जन्माएकी छन् । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा शिवकली हात्तीले नयाँ छावा बुधवार जन्म दिएकी हुन् ।

बर्दियाको जंगली हात्तीबाट २२ महिनामा अघि गर्भधारण गरेकी शिवकलीले नयाँ छावाको जन्मदिएकी हुन् । शिवकलीको जेठो छोरा गणेशगज बाँके राष्ट्रिय निकुञ्जमा राखिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले दिएको जानकारी अनुसार शिवकलीको चौथो बच्चा अढाई वर्षको चञ्चलगज पनि बर्दियाको हात्तीसारमा रहेको छ ।

शिवकली र नयाँ छावाको स्वास्थ्य राम्रो रहेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए । माउ हात्ती र छावाको स्याहारका लागि तीन जना कर्मचारी खटिइसकेको जानकारी निकुञ्जले दिएको छ ।

बच्चा कम्तिमा १३ दिनसम्म आमाको दुधको भरमा बाँच्ने भएकाले आमालाई खीर, उखु लगायतका पौष्टिक आहार दिने काम सुरु भएको छ । आमालाई खीरमा ज्वानु, मेथी, कालो तिल, दाल राखेर खुवाइन्छ । यो क्रम कम्तिमा दुई हप्तासम्म चल्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here