बाटोमा सरसफाई भएपछि हिँडडुल गर्नेको संख्या बढ्यो

काठमाडौँ । लायन्स क्लब डिस्ट्रिक ‘एच’ अन्तर्गतको लायन्स क्लब काठमाडौ बाग्मती र बबरमहल मिलेर सिनामंगल क्षेत्रमा गरिएको झाडी सरसफाई तथा बाटो सुधार कार्यक्रम पछि बिहान र साँझ हिँडडुल गर्नेको संख्या बढेको छ ।

बिहान र साँझ व्यायाम गर्नका लागि निर्माण गरिएको बाटोमा घाँसपात र झाडी हुँदा यस अघि हिँडडुल गर्नेको संख्या खासै देखिदैनथ्यो तर अहिले सो क्षेत्रमा हिँडडुल गर्नेको संख्या ह्वात्तै बढेको छ ।

तीन हप्तासम्म लगातार गरिएको सरसफाईले दिनभरी आवतजावत गर्ने बटुवालाई पनि यो क्षेत्रमा सहज भएको छ । झाडी र घाँसपातले गर्दा बटुवाहरुले मेनरोड प्रयोग गर्नुपर्ने अवस्था थियो । जसले गर्दा सवारी दुर्घटना हुन सक्ने जोखिम हुँदै आएको थियो ।

रिङरोडको भागमा लायन्स क्लवले झाडी सरसफाई तथा बाटो सुधारमा सक्रियता बढाएपछि नेपाल आयल निमग, भन्सार तथा नेपाली सेनाले पनि आआफ्नो क्षेत्रको झाडी सफाई गर्न थालेका छन् ।

सरसफाई अभियानका संयोजक लायन सौरभ श्रेष्ठका अनुसार ठूलठूलो झाडी सफाई गर्न हातले गाह्रो भएकाले मेसिनको प्रयोग गरेर सरसफाई गरिएको छ ।

गत साउन २१ गते शनिबारबाट साप्ताहिक रुपमा सुरु गरिएको यो सरसफाई कार्यक्रमले अझै निरन्तरता पाउने संयोजक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here