रूख काटिने क्रम अझै जारी

काठमाडौँ । हेटौडाको मयुरधाप औद्योगिक क्षेत्र निर्माण गर्न ११ हजार भन्दा बढी रूख काटिने भएका छन् ।

हेटौँडा उपमहानगरपालिका ९ मा निर्माण गर्न लागिएको औद्योगिक क्षेत्रका लागि १९ प्रजातिका रूख विरूवा काटिने भएको कुरा वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सो औद्योगिक क्षेत्रको तत्कालिन उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गरिसक्नुभएको छ ।

मन्त्रालयमा पेश गरिएको प्रतिवेदनमा आयोजनाले १३४.८६ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्र विनाश हुने भएको छ भने सो क्षेत्रमा ५० प्रजातिका चराचुरुङ्गी र १३ प्रजातिका घस्रने जीवजन्तु, नौ स्तनधारी वन्यजन्तुको बासस्थान रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here