काठमाडौँ । वन तथा वातावरण मन्त्रालय अन्तर्गत स्वायल एण्ड वाटर कन्जरभेसन समुहतर्फ उद्धवबबहादुर घिमिरेको सहसचिवमा बढुवा भएको छ ।
लोकसेवा आयोगले प्रकाशित गरेको सूचना अनुसार कर्मचारी संकेत नम्बर १५२००१ भएका घिमिरेलाई जेष्ठताका आधारमा बढुवा गरिएको हो । आयोगको यही पुस ३ गतेको निर्णय अनुसार उनलाई बढुवा गरिएको आजको गोरखापत्रमा सूचना प्रकाशित भएको छ ।

२०४४ सालमा रेञ्जर सेवामा प्रवेश गरेको घिमिरेले १० वर्षपछि २०५४ सालमा सहायक भूसंरक्षण अधिकृत बन्ने अवसर पाएका थिए । रेञ्जर हुँदा पर्वत, पाल्पा, रामेछापमा काम गरेका थिए ।
सहायक भूसंरक्षण अधिकृत भएर धनकुटा, पाँचथर, स्याङजा ,कास्कीमा काम गरेका घिमिरे २०६६ सालमा उपसचिवमा बढुवा भएका हुन् । उपसचिव भएपछि कास्की, दाङ, डडेल्धुरा जिल्ला भूसंरक्षण अधिकृतमा काम गरेका घिमिरेले संघीयता कार्यान्वायन भएसँगै नयाँ खोलिएको कोशी वृहत जलाधार व्यवस्थापन केन्द्र उदयपुरमा काम गरेको अनुभव रहेको छ ।
हाल चुरे उत्थान परियोजनामा निमित्त प्रमुख भएर काम गरिरहेका घिमिरे भूसंरक्षण विभागमा इमान्दार कर्मचारीका रुपमा चिरपरिचित छन् ।