कञ्चनपुरमा हावाहुरीबाट १६५ घरमा क्षति

महेन्द्रनगर । महाकाली नगरपालिकामा गत बिहीबार राति आएको हावाहुरीबाट १६५ घरमा क्षति पुगेको छ । हावाहुरीबाट स्थानियवासीको घरको छाना उडाएको छ भने सात जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार हावाहुरीले बेलौरी र त्रिभुवनबस्तीमा चार घरमा क्षति पु¥याएको छ । यस्तै हावाहुरीका कारण बेलडाँडी गाउँपालीकामा दुई र महाकाली नगरपालिकामा पाँच जना घाइते भएका छन् । घाइते सबैको नजिकका स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

एकद्वार प्रणालीअन्तर्गत नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर र स्थानीय तहको समन्वयमा हावाहुरीबाट पूर्ण क्षति भएका ७३ परिवारलाई त्रिपाल वितरण गरिएको छ । कृष्णपुरका १५, बेदकोटका ५३ र भीमदत्त नगरपालिकाका पाँच परिवारलाई त्रिपालसहित अन्य सामग्री वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here