अर्काे ब्लकमा सुरु भयो बाघ गणना

चितवन । चितवन पर्सा कम्प्लेक्सको पहिलो ब्लकमा बाघ गणनाको कार्य सम्पन्न भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार पहिलो ब्लकमा गणनाका कार्य सम्पन्न भएर अब आइतवारदेखि दोस्रो ब्लकमा बाघ गणनाका कार्य सुरु गरिने भएको छ ।

चितवन पर्सा कम्प्लेक्सलाई तीन ब्लकमा बिभाजन गरेर बाघ गणना कार्य हुँदै आएको छ ।
चितवन पर्सा कम्प्लेक्सबाट गत मंसिर १७ गतेका दिन बाघ गणनको शुभारम्भ गरिएको थियो ।

दोस्रो ब्लक अन्तर्गत बरण्डाभार देखि पूर्वी भेग, पर्सा राष्ट्रिय निकुञ्जको केही भाग र दक्षिणमा शिकारीबाससम्मको क्षेत्रलाई समेटिएको छ भने तेस्रो ब्लकमा पर्सा राष्ट्रिय निकुञ्जको बाँकी भाग र रौतहटसम्मको क्षेत्रलाई समेटिएको छ ।

क्यामरा हराए

पहिलो ब्लकमा निकुञ्जको पश्चिमी भाग, मध्यवर्ती तथा राष्ट्रिय वनमा गणना भएको हो । सो क्षेत्रमा गणना गर्दा राष्ट्रिय वनभित्रको क्षेत्रमा राखिएका पाँच वटा क्यामरा चोरी भएका छन् । त्रिवेणीको जंगलमा जाने गोठालाहरुले क्यामरा लगेको हुन सक्ने अनुमान गरिएको छ ।

निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र जनावरले चलाएर राखिएको ठाउँ भन्दा टाढा पुरयाएका तथा टुटफुट भएका क्यामरा निकुञ्ज प्रशासनले भेटाएपनि राष्ट्रिय वन भित्र राखेका क्यामरा हालसम्म भेटाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here