गैँडाको खाग सहित काठमाडौँमा छ जना पक्राउ

काठमाडौं । राजधानीको बौद्धबाट प्रहरीले छ जना व्यक्तिलाई गैंडाको एक किलो १० ग्राम खागसहित पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काभ्रे बेदान गाउँपालिका ४ का वीरमान तामाङ, काभ्रे पाँचखाल नगरपालिका ६ का बेदबहादुर दनुवार, पाँचखाल नगरपालिका ३ का सोहन कार्की रहेका छन् ।

खाग सहित पक्राउ परेका व्यक्तिहरु : तस्विर सौजन्य ः नेपाल प्रहरी ।

त्यसैगरी पक्राउ पर्नेमा पाँचखालकै नवराज गिरी, काठमाडौं बौद्ध बस्ने सिन्धुली घर भएका भीमबहादुर थिङ, भक्तपुर तेजबिनायक गठ्ठाघर बस्ने काभ्रे खानिखोला गाउँपालिका ५का भीम तामाङलाई पक्राउ गरिएको छ ।

गैंडाको खाग अवैध रुपमा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले खाग सहित पक्रेको जनाएको छ । थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here