चितवन । चितवन जिल्लाको पश्चिमी क्षेत्रमा गैँडाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–२२ पटिहानीमा बुधबार साँझ गैँडाले आक्रमण गर्दा दुई जना शख्त घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते हुनेमा स्थानीय बुदना महतो र धोधारी महतो रहेका छन् ।
आफ्नो घर अगाडि घाम तापेर बसिरहेको अवस्थामा बृद्धद्धय महतोलाई गैँडाले आक्रमण गरी घाइते बनाएको हो । घाइते वृद्धद्धयको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।