वन कर्मचारीको मनोबल खस्कियो : प्रदेश सचिव त्रिपाठी

काठमाठौँ । सुदूरपश्चिम प्रदेशका वन सचिव देवेशमणी त्रिपाठीले कैलाली जिल्लाका सहायक वन अधिकृत विश्वराज पण्डित माथि भएको हातपात र दुव्र्यवहारले फिल्डमा काम गर्ने कर्मचारीको मनोवल खस्किएको बताएका छन् ।

उनले यो घटनाले फिल्डस्तरमा सही काम गर्ने कर्मचारीलाई निकै हतोत्साही बनाएको धारणा सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘‘सहायक वन अधिकृत पण्डित अत्यन्त दक्ष, निर्भिक अधिकृत हुन् । उहाँमाथिको दुव्र्यवहारले यस प्रदेशकै कर्तव्यनिष्ठ कर्मचारीको मनोबल खस्किने काम भएको छ ।’’

कैलाली जिल्लाको डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पचमुडिया सव डिभिजन वन कार्यालय प्रमुखका रुपमा कार्यरत सहायक वन अधिकृत विश्व राज पण्डितमाथि विप्लव कार्यकर्ताले सोमवार कार्यालयमा गएर हातपात र दुव्र्यवहार गरेका हुन ।

चौतर्फि बिरोध
सो घटनाको चौतर्फि बिरोध भइरहेको छ । अधिकांश वनकर्मी, संरक्षणकर्मी तथा आम नागरिक समाजले सो घटनाको बिरोध गरेका छन् ।
सबैले सो घटनामा संलग्न व्यक्तिको पहिचान गरी दोषी माथि कडा कारवाहीको माग गरेका छन् ।

सामुदायिक वनमाथि प्रश्न

सामुदायिक वनका पदाधिकारीले राजनीतिक दललाई अपारदर्शी तरिकाले लाखौँ रुपियाँ चन्दा सहयोग गर्ने गरेको घटनालाई पनि छानविनको दायरामा ल्याउनु पर्ने माग उठ्न थालेको छ ।

सोमबारको घटनामा पीडित सहायक वन अधिकृत पण्डितले भने, ‘अनुगमनमा आएर घटनाको उजागर गर्ने प्रदेश सभाको संसदीय समिति, चन्दा दिने सामुदायिक वनका मानिसहरु अनि पीडित हुनु पर्ने म जस्ता वन कर्मचारीले । यो घटनाका सबै पात्र र प्रवृतिको छानविन हुनुपर्छ । फेरी अर्काे पटक निर्दोष व्यक्तिले अनाहकमा पीडा भोग्नु नपरोस् ।’

सामुदायिक वनले किन दिए लाखौँको चन्दा ?

बसन्ता जैविक मार्ग अन्तर्गत आधा दर्जन सामुदायिक वन रहेका छन् । प्राय सबै सामुदायिक वनले वैज्ञानिक वन व्यवस्थापनका कार्यक्रम सुरु गरेका थिए । वैज्ञानिक वन व्यवस्थापनमा अनियमितता भएको थाहा पाएपछि विप्लव माओबादीका कार्यकर्ताले चन्दाको मोलमोलाई गरे । अनियमितता बाहिर आउने डरले सामुदायिक वनका पदाधिकारीले बैँकमा भौचर भरेर लाखौँ रुपियाँ विप्लवका कार्यकर्तालाई बुझाए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here