महानिर्देशक खड्काले बुझाए मन्त्रालयमा प्रतिवेदन

काठमाडौँ । वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले सामुदायिक वन लगायत वनक्षेत्रका विभिन्न समस्या समाधान गर्ने सम्बन्धी प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा बुझाएका छन् ।

सामुदायिक वन उपभोक्तासँग सरोकार भएका बिभिन्न माग राखी विगत १ महिना देखि आन्दोलनरत सामुदायिक वन उपभोक्ता महासंघसँग वार्ता तथा छलफल गरी तयार पारिएको प्रतिवेदन महानिर्देशक खड्काले मन्त्रालयका सचिव डा. पेमनारायण कँडेललाई बुझाएका हुन् ।

सुझाव पेश गर्न वन तथा वातावरण मन्त्रालयबाट महानिर्देशक खड्काको संयोजकत्वमा विभागका उपमहानिर्देशक डा. राजेन्द्र के.सी., वन तथा वातावरण मन्त्रालयका कानून उपसचिव रामजी दनाई, डिभिजन वन कार्यालय काठमाडौका डिभिजनल वन अधिकृत बद्रीकुमार कार्की, सामुदायिक वन अध्ययन केन्द्रका प्रमुख शोभा सुवेदी र विभागका कानून अधिकृत पुष्पराज धिताल सदस्य रहेको वार्ता टोली गठन गरिएको थियो ।

सो वार्ता टोलीमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका तर्फबाट महासचिव बिर्खबहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम, महमदकर खाँ र दिलराज खनाल सदस्य रहेका थिए ।

सरकार र महासंघका तर्फबाट भएका सहमति र सुझावलाई कार्यान्वयन गर्न प्रतिवेदन तयार पारिएको विभागले जनाएको छ । सो प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रालयमा बुझाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here