महानिर्देशकमा जोशी नियुक्त

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको महानिर्देशकमा कमलराम जोशी नियुक्त भएका छन् ।

यस अघिका महानिर्देशक सरजुकुमार बैद्य जल तथा ऊर्जा आयोगको कार्यालयमा सरुवा भएपछि विभागको महानिर्देशकको जिम्मेवारी विभागका उपमहानिर्देशक जोशीलाई दिइएको छ ।

वि.सं २०५२ सालमा विद्युत् विकास विभागमा हाईड्रोलोजिष्टको रुपमा सेवा प्रवेश गरी २०६६ सालमा सिनियर डिभिजनल हाईड्रोलोजिष्ट भई जोशीले जल तथा मौसम विज्ञान विभागमा काम गरिसक्नु भएको छ ।

जोशीसँग तत्कालिन वातावरण मन्त्रालय, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय लगायत बुढीगङ्गा जलविद्युत् आयोजना र जल तथा ऊर्जा आयोगमा कार्यालयमा काम गरेको अनुभव छ ।

जलविज्ञान र मौसम विज्ञानको क्षेत्रको कुशल विज्ञ मानिने जोशीले २०७५ साल देखि विभागको उपमहानिर्देशक पदमा काम गर्दै आएका थिए ।

जोशीले विभागको जिम्मेवारी पाएपछि बाढी पूर्वानुमान र मौसम पूर्वानुमान सेवालाई विश्सनीय बनाउने योजना बनाएको बताए । जल तथा मौसम विज्ञान विभागको अल्पकालिन र दीर्घकालिन योजना तथा रणनीति बनाई लागु गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here