चितवनमा २७ गैँडा मरे

चितवन । गत साउन यताको अवधिमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा क्षेत्रमा विश्वमा दुर्लभ मानिएको एकसिँगे २७ वटा गैँडा मरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाए अनुसार यो अवधिमा चोरी शिकारी भन्दा प्राकृतिक कारणले गैँडा बढी संख्यामा मरेका छन् ।

यो अवधिमा बाघको आक्रमणमा परेर, आपसमा जुधेर, सिमसार दलदलमा फसेर धेरै जसो गैँडा मरेको निकुञ्जले जनाएको छ ।
(थप विवरण निकुञ्जको प्रेस विज्ञप्ति )

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here