बाँकेको बाघ चितवन पुग्यो

कसरा । बाँके जिल्लामा केही महिना यता पाँच जनाको ज्यान लिएको नरभक्षी बाघ चितवन पुगेको छ ।

बाँकेमा डार्ट गरी नियन्त्रणमा लिएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको खोरमा ल्याइएको छ ।

सो बाघले गत माघ २२ गते बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर –४ बस्ने लीला बिष्टलाई सामुदायिक वनमा आक्रमण गर्दा बिष्टको मृत्यु भएको थियो ।

त्यसको दुई दिन अगाडि राप्ती सोनारी वडा नम्बर –६ बस्ने चाँदनी थारूलाई सोही बाघले आक्रमण गर्दा थारुको पनि मृत्यु भएको थियो । सो सोही क्षेत्रमा अरु तीन जनाको पनि बाघको आक्रमणमा परी मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here