हक्की स्वभावका खड्का सेवानिवृत

काठमाडौँ । २०४४ सालमा सरकारी सेवामा प्रवेश गरेका मनबहादुर खड्का वन तथा भूसंरक्षण विभागको महानिर्देशकबाट सेवानिवृत भएका छन् ।

सेवा प्रवेशसँगै २०४४ साल पुसदेखि २०४६ सालसम्म तत्कालिन सेती महाकाली वन डिभिजन कार्यालय बैतडीमा कायमुकायम प्रमुख भएर जागिर सुरु गरेका खडकाले आफ्नो जागिरे जीवनभरी ‘फस्ट म्यान’ भएर काम गर्ने अवसर प्राप्त गरेका थिए ।

बिभिन्न १३ वटा जिल्लाको जिल्ला वन अधिकृत भएर काम गरेका खड्काले तत्कालिन अवस्थामा पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय निर्देशक भएर काम गरे । राष्ट्रपति चुरे तराई विकास समितिका सदस्य सचिव, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको महानिर्देशक भएर काम गरेको अनुभवबाट खारिएका व्यक्ति मानिन्छ ।

सेवा निवृत हुनु अघि वन तथा भूसंरक्षण विभागको महानिर्देशक भएका खड्का जिम्मेवारी पूरा गर्ने, असल नेतृत्व प्रदान गर्ने हक्की स्वभावका व्यक्ति मानिन्छन् ।

खड्काको बिदाई वन तथा भूसंरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, रेड कार्यान्वायन केन्द्र, बिभिन्न संरक्षण साझेदार संस्थाहरुले संयुक्त रुपमा गरेका छन् । महानिर्देशक खड्काको बिदाईमा बिभिन्न जिल्ला स्थित डिभिजनल वन कार्यालय प्रमुखहरु पनि काठमाडौँ आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here