काठमाडौँ । स्थानीय तहको निर्वाचनमा होमिएका उम्मेदवारहरुले वन, वन्यजन्तुको संरक्षणका मुद्धा आफ्ना चुनावी एजेण्डामा समेट्न थालेका छन् ।
गाउँ गाउँमा विकासका नाउँमा वातावरणीय अध्ययन विना जथाभावी रूपमा डोजर सञ्चालन गर्दा बाढी, पहिरो, डुबानको समस्या तथा वन्यजन्तुसँगको द्वन्द्वको स्थितिलाई सम्बोधन गर्ने गरी आफ्ना एजेण्डा लगेर उम्मेदवारहरु मत माग्न थालेका छन् ।
जलवायु परिवर्तनले मुलुकलाई थिलो थिलो बनाइहेका बेला स्थानीय तहका उम्मेदवारहरुले दिगो विकासको अवधारणा अघि सारेका छन् ।

जमुना थकाली
जमुना थकाली
उपाध्यक्ष उम्मेदवार
नेपाली काँग्रेस पार्टीबाट मुस्ताङको घरापजोङ गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी बनेकी थकालीले एक्यापमा भएका गतिविधिलाई सुधार्ने मुद्धालाई मतदाता सामु लगेकी छन् ।
उनले भनिन्, ‘‘एक्यापले संरक्षणको काम त गरेको छ तर जनतालाई चाहिएको बेला न काठ पाइन्छ तर अरु कुरा । यो समस्या हटाउने मेरो प्रमुख एजेण्डा छ । जंगलमा काठ कुहिरहेको छ तर यहाँका बासिन्दालाई काठ दिइदैन । राष्ट्रिय प्रकृति संरक्षण कोषको काम जनताका लागि भएको छैन ।’’
उनले भनिन्, हामीले संरक्षण गरेको वनमा उपभोक्ताले सदुपयोग गर्न पाउनु पर्यो । त्यसमा धेरै ठाउँबाट नियन्त्रण राख्ने काम गर्नुहुँदैन । उपाध्यक्ष उम्मेदवार थकालीले भनिन्, ‘‘हाम्रो वरपर कस्तुरीको चोरी शिकार नियन्त्रण गर्नु प्रमुख चुनौती छ । वनजंगलमा जताततै पासो थापेको भेटिन्छन् । त्यस्ता गलत कामलाई मैले नियन्त्रण गर्छु भनेकी छु ।’’
छत्रराज पौडेल
नगरप्रमुख उम्मेदवार

छत्रराज पौडेल
नेपाल कम्युुनिस्ट पार्टी ( एमाले) बाट नवलपुर जिल्लाको गैँडाकोट नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका छत्रराज पौडेलको एजेण्डा पनि वन, वन्यजन्तु संरक्षण रहेको छ ।
उनले भने, ‘‘वातावरण प्रभाव मूल्याङ्कन विना नै गरेको विकासले खास प्रतिफल दिन सकेका छैन । त्यसैले वातावरण प्रभाव मूूल्याङ्कनको अध्ययन विना विकासका काम नगर्ने र दिगो विकासका लागि वातावरण पक्षलाई ध्यान दिएर विकास गर्ने एजेण्डालाई मैले अघि सारेको छु ।’’
पौडेलले नगरपालिका भित्रका सबै सिमसार क्षेत्रको संरक्षण गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताए । उनी डोजरे विकास प्रति त्यति सन्तुष्ट छैनन् र भन्छन्, डोजरे विकासले गाउँ ठाउँको विकास भन्दा विनाश बढी भएको हामीले देखिरहेका छौँ । मैले यस्तो डोजरे विकासलाई प्राथमिकतामा राखेको छैन ।
उम्मेदवार पौडेलले भने, ‘‘चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले स्थानीय बासिन्दामा मानवीय र भौतिक क्षति पुु¥याउने गरेका छन् । मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रम अति आवश्यक भएका छ ।’’

रत्ना घिमिरे
रत्ना घिमिरे
उपाध्यक्ष उम्मेदवार
नेकपा एमालेबाट तनहुँ जिल्लाको म्यादे गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार रत्ना घिमिरेले आफू वातावरण मैत्री विकासको एजेण्डा लिएर चुुनावमा होमिएकी बताइन् ।
उनले भनिन्, ‘‘विकासले विनास होइन, संरक्षण पनि गर्न सक्नुुपर्छ । नदीजन्य पदार्थको अधिक दोहन रोक्नुपर्छ । विकास चाहिन्छ तर कम भन्दा कम वातावरणीय क्षति पुु¥याएर विकास गर्ने मेरो प्रमुख एजेण्डा रहेको छ ।’’
आफू विगत लामो समयसम्म सामुदायिक वन संरक्षण अभियानमा लागेको बताउँदै घिमिरेले भनिन्, सामुदायिक वनको संरक्षण भएको तर उपभोक्ताहरुले संरक्षण गरे अनुसारको काम लिन सकिरहेका छैनन् ।
आफूले संरक्षणकर्मी भएकै कारणले पनि मतदाताले भोट हाल्ने अपेक्षा उनले राखेकी छन् । उनले भनिन्, मैले यो ठाउँमा जहिले पनि जता पनि स्थानीय समुदायको हितका लागि काम गरेकी छु । संरक्षणका साझा मुद्धा उठाएकी छु । भोलीका दिनमा पनि उठाउने छु । स्थानीय तहका समस्या बारे मैले राम्ररी अध्ययन गरेकी छु । मैले विजय प्राप्त गरे भने ती समस्या समाधान गर्न मलाई कुनै गाह्रो हुनेछैन ।