हिमालको स्थिति देख्दा डर लाग्यो : महासचिव एन्टोनियो गुटेर्रेस

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले नेपालको हिमाली क्षेत्रको स्थिति देख्दा निकै डर लागेको बताएका छन् ।


नेपाल भ्रमणका बेला सगरमाथा नजिक पुगेर महासचिव एन्टोनियो गुटेर्रेसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रत्यक्ष असर देख्न पाएको र हिमाली अर्थतन्त्रको अवस्था हेरक दिन बिग्रदै गएको बताए ।


उनले भने, विश्वकै सर्वोच्च शिखर सगरमाथा कति पीडामा छ भन्ने कुरा मैले नजिकबाट देख्न पाए । हिमालको अवस्था कहाली लाग्दो छ । यस प्रति विश्व समुदायले चिन्ता र चाँसो दिनु जरुरी भइसकेको छ ।


तापक्रम वृद्धिमा नेपालको भूमिका खासै नरहेपनि असर भने निकै बढी मात्रामा परिरहेको देखियो । उनले भिडियो सन्देश दिँदै भने, मैले आज हिमाली क्षेत्रको अवलोकन गरे, हिमाल पग्लिदै गएका छन् । हिमरेखा साँघुरिँदै छ । हिमपहिरो जताततै गएको देख्न सकिन्छ । नयाँ नयाँ हिमताल बन्ने क्रम बढीरहेको छ । यो मानव समाजका लागि कतै पनि राम्रो र उचित कुरा होइन ।


उनले भनेका छन्, हिमाल क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव के कति परेको रहेछ, मैले हेरेँ । यहाँ त त्रासदीपूर्ण अवस्था देखेँ । उनले तापक्रम वृद्धि हुँदा हिमनदी पग्लिने क्रम बढीरहेको र हिमाली जनजीवन आक्रान्त भइरहेको पनि विश्व समुदायलाई बताएका छन् ।


उनले भनेका छन् । उनले भनेका छन्, विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्ने सुनिश्चित गर्नैपर्छ । यदी त्यसो भएन भने नेपाल जस्ता हिमाली मुलुकको अवस्था भोली झन भयाभव हुने देखिन्छ । हिमाल हिमालको स्वरुप नरहन सक्ने स्थिति देखा पर्दैछ ।


उनले अन्नपूर्ण क्षेत्रको पनि भ्रमण गरेका छन् । अन्नपूर्ण क्षेत्रको भ्रमणमा नजिकैबाट अन्नपूर्ण हिमाल क्षेत्र अवलोकन गरेका एन्टोनियो गुटेर्रेसले पोखराको फेवाताल लगायतका सिमसार क्षेत्रहरु पनि जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्, यो तहसम्मको असर नेपालमा परेको देखियो । यो निकै चिन्ताजनक विषय हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here