काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुरेको संरक्षणमा सरकार उदासिन भइरहेको बताएका छन् । बिहीबारको संसद बैठकमा उनले यस्तो कुरा बताएका हुन् ।
उनले चुरे उत्खननले तराईमा विनास निम्त्याइरहेको बताए । उनले भने, २०७२ सालमा कानुन बनेको छ, चुरे क्षेत्रमा उत्खनन्लाई प्रतिबन्ध लगाउने गरी । त्यसलाई कार्यान्वयन गर्ने र चुरिया क्षेत्रको संरक्षण, त्यहाँको गिट्टी, ढुंगा निकाल्न रोक्ने कुरा प्रति वर्तमान सरकार निकै उदासिन भइरहेको छ ।
चुरेबाट गिट्टी, बालुवा निकाले पनि न्यून असर पर्ने ठाउँबाट निकाल्नुपर्छ तर अहिले तराईमा असर पर्ने गरी उत्खनन गर्न दिइएको छ, यो घोर आपत्तीजनक छ ।
उनले संसदमा बोल्दै भने, चुरेमा गिट्टी, ढुङ्गा, बालुवाको उत्खननमा प्रतिबन्ध लगाउनुपर्छ, अनि मात्र तराईलाई संकटबाट जोगाउन सकिन्छ । मधेशलाई मरुभूमिकरणबाट जोगाउन सकिन्छ ।