वन मन्त्रीले रुद्राक्षको बोट रोप्दै भने, यस्तै असल काम गर्न सकुँ

काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सोमबार दिउँसो वन तथा वातावरण मन्त्रालयको फूलबारीमा रुद्राक्षको विरुवा वृक्षरोपण गर्दै भने, यसैगरी यहाँ बसुन्जेल असल काम गर्न सकुँ ।


सोमबार अपरान्ह ११ः३० बजेतिर राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गरेर मन्त्री शाही शहिद गेट पुगे, त्यसपछि नेपाली कांग्रेसको पार्टी कार्यालय पुगेर विपी कोइरालालाई माल्यार्पण गरे । सानेपाबाट दिउँसोको साढे तीन बजेतिर सिंहदरबार आइपुगेका मन्त्री शाहीले कर्मचारीसँग चिनजान नगरीकनै रुद्राक्षको बोट रोपे ।


तीन वटा बिरुवा वृक्षरोपण गर्न व्यवस्था मिलाइएको भएपनि मन्त्री शाहीले एउटा बोट रोपे, अनि पानीले सिँचित पनि गरे । वन मन्त्रालयका सचिव डा. गोबिन्दप्रसाद शर्मा र वनस्पति विभागका महानिर्देशक डा. सञ्जिब कुमार राईले मन्त्री शाहीलाई सहयोग गरेका थिए ।


मन्त्रीको चाहाना : वृक्षरोपण
मन्त्री शाही सपथ गरेपछि शहिद पार्क र सानेपा पुगेका थिए, शहिद गेटबाटै मन्त्रालयका सचिव डा. शर्मालाई फोन गरेर आपूm वन मन्त्री नियुक्त भएकाले बर्खाका बेला कुनै बिरुवा वृक्षरोपण गरेर पद बहाल गर्न पाए हुने इच्छा व्यक्त गरे ।

सचिव शर्माले तत्कालै वनस्पति विभागका महानिर्देशक राईलाई रुद्राक्षको बोट तयार पार्न निर्देशन दिए र तीन वटा बोट वृक्षरोपणका लागि तयार पारिएको थियो । यद्दपी मन्त्री शाहीले एउटा बोट रोपेर र मन्त्रालयका कर्मचारीले गरेको स्वागत लिँदै पदबहाल गरे ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here