आफ्नै पीडा पोखे वन मन्त्री ठकुरीले

काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले पदबहाली गर्ने अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा आफू दुर्गम मुगुको जनप्रतिनिधि भएको र रारा राष्ट्रिय निकुञ्जका कारण मुगुका बासिन्दाले पाएको पीडा र दुखका बारेमा जानकार भएको बताए ।


उनले भने, मेरो जिल्लामा त गाडी मोटर पनि राम्रोरी पुगेको छैन । बाटो खोल्ने काम भइरहेको छ । रारा राष्ट्रिय निकुञ्जका कारणले मैले समेत दुख पाएको छु । निकुञ्जका कारणले मानिसले हिड्न पाएका छैनन् । निकुञ्ज भएर आउन जान नपाउँदा दुर्गमको ठाउँमा कति सास्ती छ । यस बारे पनि अब बिचार गर्नुपर्छ ।


उनले भने, मैले यो विषयमा संसदमा पनि कुरा उठाउने गरेको छु । निकुञ्जभित्रबाट बाटो खोल्नुपर्छ भनेको छु । मैले धेरै ठाउँमा निकै पटक यो कुरा उठाए, तर समाधान भएको छैन । मानिसले कम्तिमा हिड्न त पाउनु पर्यो भन्ने स्थानीयको माग छ । तर पनि नेपालको कानून, नियम र नेपालको अन्तर्राष्टिय प्रतिवद्धता प्रति म सचेत भएर काम गर्नेछु ।


रारामा पनि वन्यजन्तुले मानिसलाई दुख दिने गरेको कुरा कर्मचारीको अगाडि उनले सुनाए । पदबहाल कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका उच्च अधिकारी, विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here