राष्ट्रिय प्रकृति संरक्षण कोष शुद्धिकरण अभियानमा

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष र सदस्य सचिवमा नयाँ अनुहार आएका छन् । गत हप्ता मात्रै कोषको अध्यक्षमा वन तथा वातारण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई जिम्मेवारी दिइएको छ भने केही महिना अघि कोषको सदस्य सचिवमा डा. नरेश सुवेदीले जिम्मेवारी पाएका छन् । यी दुबै अनुहार कोषको लागि मात्र नभएर नेपालको संरक्षण कर्ममा आश लाग्दा छन् ।


करिब चार वर्ष जति कोषको अध्यक्ष र सदस्यसचिवले गरेका विकृति, अनियमिततालाई सही दिशामा ल्याई कोषका दैनिक कामकारवाही संरक्षणका खातिर लगाउनुपर्ने जिम्मेवारी वर्तमान अध्यक्ष ठकुरी र सदस्य सचिव डा. सुवेदीको काँधमा आएको छ ।

त्यति मात्र होइन, कोषको बिग्रेको छवि सुधार्ने काममा पनि वर्तमान नेतृत्वले ठूलै कसरत गर्नुपर्ने देखिएको छ । कोषका नाउँमा बजारमा धुमिल भएको ‘इमेज’ पुरानै ठाउँमा ल्याउन कोषको शुद्धिकरण गर्न आवश्यक छ । अघिल्लो व्यवस्थापनले दुर्गन्धित बनाएका कोषका हेरक कुन्दाकन्दरामा गङ्गाजल छर्किने जिम्मेवारी वर्तमान व्यवस्थापनको काँधमा आएको छ ।


कोषको अध्यक्षको जिम्मेवारी पाएपछि वन मन्त्री ठकुरीले नेपालकथासँग भने, ‘‘कोषको उचाई अझैँ बढाउने काममा मेरो विशेष रुची छ । त्यसका लागि मैले विशेष योजनाका साथ काम गर्नेछु । कोषको भूमिकालाई अझ बढाउने र संरक्षणको क्षेत्रमा यसको आवश्यकतालाई महसुस गर्ने गरी काम गर्नुपर्ने मैले देखेको छु ।

डा. सुवेदीले भने, ‘‘हामी अरु सबै संरक्षण साझेदार संस्थाको मानसम्मान गर्छाैँ, उहाँहरुको कामको कदर पनि गर्छाैँ । सँगै मिलेर जाने कुरामा कोष कहिल्यै दायाँबायाँ जादैन ।


मन्त्री ठकुरीको यो योजनालाई सफल बनाउन लामो समयदेखि संरक्षणका कर्ममा लागिरहेका सदस्य सचिव डा. सुवेदी दह्रो खम्बाका रुपमा अगाडि देखिएका छन् । निकुञ्ज विभाग अन्तर्गतको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा रेञ्जर पदबाट यो कर्ममा जुटेका डा. सुवेदी गैँडा विज्ञका रुपमा चिरपरिचित पनि छन् । कोषको फिल्डतहदेखि व्यवस्थापकीय भूमिकासम्म आइपुग्दा डा. सुवेदी सबैले रुचाएको व्यक्ति मध्य पर्ने संरक्षणकर्मी पनि हुन् ।


कोषका सदस्य सचिव नियुक्त भएपछि डा. सुवेदीले नेपालकथासँग भने, ‘‘कोषले आगामी दिनमा साइन्स र रिसर्चका कामहरुलाई महत्वका साथ अगाडि बढाउने छ । संरक्षण भनेको साइन्स पनि हो । साइन्स र रिसर्च बिना वास्तविक रुपमा संरक्षणका काम पूरा नहुने भएकाले विगतमा हुन नसकेका रिसर्चका कामहरु सुरु गरिनेछन् ।


डा. सुवेदीको निकुञ्ज विभाग र वन मन्त्रालयसँग सम्बन्ध न्यायो नै देखिन्छ । कानूनले निर्दिष्ट गरेका बाटो बाहेक अरु उपाय खोज्न जरुरी छैन भन्ने मान्यता राख्ने सुवेदी निकुञ्ज विभाग र वन मन्त्रालयको दुरीलाई कोषको हितमा प्रयोग गर्ने रणनीतिमा छन् । सदस्य सचिव सुवेदीले भने, ‘‘हाम्रो काम गर्ने थलो संरक्षित क्षेत्र हुन् । त्यसका लागि निकुञ्ज विभाग पहिलो ढोका हो र त्यसपछि वन मन्त्रालयसम्म पुग्दा विभागको साथसहयोग चाहिन्छ । कानूनले निर्धारण गरिदिएको दुरी र सामिप्यता कोषले कहिल्यै मिच्दैन । मिच्न थाल्यो भने नेपालको संरक्षण अभियान सही दिशामा जान सक्दैन भन्ने कुरामा म कन्भिन्स छु ।’’


राजनीतिक आग्रह र पूर्वाग्रह भन्दा पनि कामलाई हेर्ने रुची भएका वन मन्त्री ठकुरी कोषको अध्यक्ष र कामलाई बढी प्राथमिकतामा राख्ने सदस्य सचिव डा. सुवेदी सहितको कोषको वर्तमान व्यवस्थापकीय नेतृत्वले कोषका कामलाई अझ चुस्त र दुरुस्त बनाउने आशा गरिएको छ ।

डा. दाहालले भने, कार्यकारी पदमा यथेष्ट प्राविधिक ज्ञान, व्यवस्थापकीय क्षमता र व्यावसायिक कल्चर भएका डा. सुवेदीले जिम्मेवारी पाएका छन् । कोषको अध्यक्षमा राजनीतिक नेतृत्व समालेका वन मन्त्रीले जिम्मेवारी पाएको यो सहज अवस्थामा कोषले सञ्चालन गर्ने काम कारवाहीमा ब्यालेन्स मिल्ने मैले देखेको छु ।


अघिल्लो व्यवस्थापनका कारणले गर्दा कोषका बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय संरक्षण साझेदार संस्थाबिच पनि अन्यौल सिर्जना भएको मात्र होइन, संरक्षण साझेदार संस्थाहरुबिच जुन सुमधुर सम्बन्ध हुनुपर्ने थियोे, त्यो पनि नभएको अवस्थामा कोषले आगामी दिनमा कसरी काम गर्छ भन्ने जिज्ञासामा डा. सुवेदीले भने, ‘‘हामी अरु सबै संरक्षण साझेदार संस्थाको मानसम्मान गर्छाैँ, उहाँहरुको कामको कदर पनि गर्छाैँ । सँगै मिलेर जाने कुरामा कोष कहिल्यै दायाँबायाँ जादैन । विगतमा के भो ? कसो भो, त्यसको मैले लेखाजोखा राख्ने कुरा पनि भएन । यद्दपी आगामी दिनमा सबै राष्ट्रिय, अन्तर्राष्ट्रिय सहयोगी संस्था, संरक्षण साझेदार संस्थासँगको सम्बन्ध अझ बलियो बनाउने काममा हाम्रो प्रयास हुनेछ ।’’


अहिले कोषको वर्तमान व्यवस्थापकीय नेतृत्वलाई अरु संरक्षण साझेदार संस्थाहरुले पनि ‘गुड कम्बिनेसन’ भनेका छन् । कोषको अघिल्लो नेतृत्वले संरक्षण साझेदार संस्थासँगको बढाएको दुरी वर्तमान नेतृत्वले घटाउने विश्वास अरु संरक्षण साझेदार संस्थाको नेतृत्वले गरेको छ ।


अहिले गुड कम्बिनेशन देखिएको छ : डा. गुरुङ
लामो समयदेखि नेपालको संरक्षणको कर्ममा लागेको विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका प्रमुख डा. घनश्याम गुरुङले वन मन्त्री कोषको अध्यक्षको जिम्मेवारीमा हुनु र कोषमा लामो समयदेखि काम गरेको अनुभवी व्यक्ति सुवेदी सदस्य सचिवमा नियुक्त हुनुले संरक्षणको अभियानले अझ गति लिने बताए ।

उनले भने, यो त गुड कम्बिनेशन हो नि । अनुभवी व्यक्ति सदस्य सचिव भएका छन्, वन मन्त्री अध्यक्ष भएका छन् । यसले त हामीलाई पनि उत्साह जगाएको छ । कोषको अध्यक्ष वन मन्त्री हुँदा एक्सेसको हिसावले निकै राम्रो भयो, लामो समय त्यही काम गरेको अनुभवी व्यक्ति सदस्यसचिव हुँदा कोषले तय गर्ने योजना, कार्यक्रम सही हुन्छन् भन्ने मान्यता हुन्छ ।


डा. गुरुङले भने, हामी त साझेदार संस्था हौँ । त्यस कारणले कोषको व्यवस्थापन राम्रो होस् भन्ने चाहाना राख्छौँ । अनुभवी मान्छे सदस्य सचिव हुँदा हामीलाई पनि काम गर्न सहज हुन्छ भन्ने महसुस भएको छ । अहिले मन्त्री अध्यक्ष भएका छन् । यो त राम्रो कम्बिनेसन भएको छ ।


संरक्षणका लागि कम्पिलिमेन्ट्री हो : डा. दाहाल
नेपालको संरक्षण क्षेत्रमा काम गर्दै आएको संस्था जुलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालका प्रमुख डा. भगवान दाहालले नेपालकथासँग भने, ‘‘एनटीएनसीको अध्यक्ष वन तथा वातावरण मन्त्री हुनु र लामो समयदेखि त्यही काम गरेको अनुभवी, खारिएको व्यक्ति सदस्य सचिव हुनु नेपालको संरक्षणका लागि कम्पिलिमेन्ट्री नै हो भन्नुपर्छ । यो त सुखद कुरो हो । यसलाई सकारात्मक ढंगले हेनुपर्छ ।’’

डा. गुरुङले भने, हामी त साझेदार संस्था हौँ । त्यस कारणले कोषको व्यवस्थापन राम्रो होस् भन्ने चाहाना राख्छौँ । अनुभवी मान्छे सदस्य सचिव हुँदा हामीलाई पनि काम गर्न सहज हुन्छ भन्ने महसुस भएको छ ।

डा. दाहालले भने, कार्यकारी पदमा यथेष्ट प्राविधिक ज्ञान, व्यवस्थापकीय क्षमता र व्यावसायिक कल्चर भएका डा. सुवेदीले जिम्मेवारी पाएका छन् । कोषको अध्यक्षमा राजनीतिक नेतृत्व समालेका वन मन्त्रीले जिम्मेवारी पाएको यो सहज अवस्थामा कोषले सञ्चालन गर्ने काम कारवाहीमा ब्यालेन्स मिल्ने मैले देखेको छु । हामी संरक्षण साझेदार संस्था भएका कारणले पनि यही आशा र अपेक्षा राख्छौँ ।


उनले भने, संरक्षणमा अलि बढी चुनौती देखिएका बेला एनटीएनसी जस्तो पुरानो र संरक्षणमा प्रतिवद्ध संस्थाको नेतृत्व चयनले नेपालका संरक्षणकर्मीहरुलाई थप ऊर्जा प्रदान गरेको छ । यसले सकारात्मक सन्देश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here