आठौँ आइयूसिएन एसिया क्षेत्रीय सम्मेलन बैँककमा सुरु

बैँकक । आठौंँ आइयूसिएन (इन्टरनेशनल युनियन फर कन्जर्भेसन अफ नेचर) एशिया क्षेत्रीय संरक्षण मञ्च (आरसिएफ) को तीन दिने सम्मेलन आजबाट थाइल्याण्डको बैँककमा सुरु भएको छ ।


सम्मेलनमा यस क्षेत्रका बिभिन्न मुलुकका संरक्षणकर्मी, सरकारका प्रतिनिधि, गैरसरकारी संस्था, दाता र साझेदारमा प्रतिनिधि, विज्ञहरू, निजी क्षेत्र गरी ६०० भन्दा बढीको सहभागिता रहेको छ । ‘एशियामा संरक्षणको पुर्नपरिकल्पना र प्रकृतिको सकारात्मक भविष्य’ भन्ने नाराका साथ तीन दिनसम्म चल्ने यस सम्मेनले एसियाली मुलुकहरुमा प्रकृति संरक्षण क्षेत्रमा भए, गरेका प्रगतिको मूल्याङ्कन गर्ने, प्राथमिकताका लक्ष्यहरू पुनरावलोकन गर्ने र आगामी २० वर्षमा वातावरणीय र जैविक विविधताका चुनौतीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न रणनीतिक दिशाहरू प्रस्ताव गर्ने लक्ष्य राखेको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै सम्मेलन आयोजक मुलुक थाइल्यान्ड सरकारका प्राकृतिक स्रोत तथा वातावरण मन्त्रालयका उपस्थायी सचिव श्री थालेरङ्साक पेचसुवानले यो सम्मेलन प्रकृति र मानवताको हितको लागि सहकार्य गर्ने हाम्रो प्रतिबद्धतालाई पुर्नपुष्टि गर्ने एक अद्वितीय अवसर भएको बताए । उनले यस क्षणलाई हाम्रो साझेदारी बढाउन र एसियाली क्षेत्रमा प्रकृतिको सकारात्मक भविष्यतर्फका प्रयासलाई तीव्रता दिनको लागि सदुपयोग गर्नुपर्ने पनि बताए ।

तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालका तर्फबाट पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा दुई दर्जन विज्ञ, संरक्षणकर्मी, संरक्षण साझेदार संस्थाका प्रतिनिधिले भाग लिइरहेका छन् । नेपाली प्रतिनिधिहरुले सम्मेलनमा आफ्ना सफलताका कथा, नेपालमा पछिल्ला पटक देखिएका चुनौती र अवसरका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सो कार्यक्रममा थाइल्याण्डको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु र वनस्पति संरक्षण विभागका महानिर्देशक अथापोल चारोएनशुन्साले क्षेत्रीय रुपमा भेला वा सम्मेलन आयोजना गर्दा संरक्षणको कर्ममा सबैलाई साहस वृद्धि हुने बताए । यो सम्मेलनले हामी सबैलाई सहयोगलाई बढावा दिन, ज्ञान साझा गर्न र नयाँ समाधानहरू अन्वेषण गर्न प्रोत्साहन मिल्ने विश्वास पनि उनले व्यक्त गरे । उनका अनुसार सम्मेलन पश्चात एसियाली मुलुकका बासिन्दालाई प्राकृतिक संसारलाई अझ प्रभावकारी रूपमा सुरक्षित गर्न सक्षम बनाउनेछ । उनले जोड दिँदै भने, हामी यो सुनिश्चित गर्न सक्छौं कि हाम्रो ग्रहको समृद्ध जैविक विविधता भविष्यका पुस्ताहरूका लागि संरक्षित छ ।

आइयूसिएन नेपाल नेशनल कमिटि (एनएनसी) का अध्यक्ष किरण तिमिल्सेनाका अनुसार सेप्टेम्बर ४ मा सम्मेलनमा सहभागी मुलुकका प्रतिनिधिहरुलाई राखेर नेपालले साइट इभेन्टस गर्ने भएको छ ।


कार्यक्रममा आइयूसिएन अध्यक्ष रजान अल मुबारकले सबैका लागि दिगो र समतामूलक भविष्यको निर्माण गर्न वर्तमान पुस्ताको महत्वपूर्ण भूमिका भएको उल्लेख गरे । उनले हाम्रो विविधता नै हाम्रो शक्ति हो भन्दै संरक्षणकर्मीहरुको एकताले हामीलाई दिगो भविष्यतर्फ बाटो खोल्ने शक्ति दिने बिचार व्यक्त गरे ।


आइयूसिएनका महानिर्देशक डा. ग्रेथेल अगुइलरले एशियाली मुलुकहरु तीब्र गतिको परिवर्तन गरिरहेको देखिएको छ भन्दै यस्तो बेला यहाँ प्रकृति र जैविक विविधताको रक्षा गर्न लड्नेहरूको आवाज पहिले भन्दा धेरै महत्वपूर्ण भएको धारणा राखे । उनले एसियाका प्रमुख सरोकारवालाहरूको प्राथमिकता, अनुभव र दृष्टिकोण र संकल्पहरूले विश्वव्यापी एजेन्डालाई निर्माण गर्न मद्धत गर्ने पनि बताए ।

तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालका तर्फबाट पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा दुई दर्जन विज्ञ, संरक्षणकर्मी, संरक्षण साझेदार संस्थाका प्रतिनिधिले भाग लिइरहेका छन् । नेपाली प्रतिनिधिहरुले सम्मेलनमा आफ्ना सफलताका कथा, नेपालमा पछिल्ला पटक देखिएका चुनौती र अवसरका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रकृति र जैविक विविधता संरक्षणका लागि विभिन्न मुलुकमा भएका प्रयासहरुको अनुभव आदान प्रदान गर्ने कार्यक्रम पनि रहेको छ ।

आइयूसिएन नेपाल नेशनल कमिटि (एनएनसी) का अध्यक्ष किरण तिमिल्सेनाका अनुसार सेप्टेम्बर ४ मा सम्मेलनमा सहभागी मुलुकका प्रतिनिधिहरुलाई राखेर नेपालले साइट इभेन्टस गर्ने भएको छ । त्यसका लागि सो कमिटिले आवश्यक प्राविधिक तथा अन्य तयारी गरिसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here